बैशाख १४, २०८१, शुक्रबार
               

बालिका बलात्कार अभियोगमा पक्राउ

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

दोलखा । १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सिन्धुपाल्चोक सिपापोखरे गाउँपालिका- ७ बस्ने २४ वर्षीय रबि दङ्गाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई दोलखा तामाकोशी गाउँपालिकास्थित कोदो बारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छौडे दोलखाबाट खटिएको प्रहरीले दङ्गाललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि