बैशाख १४, २०८१, शुक्रबार
               

विश्वकप छनोट खेलमा ब्राजिल शीर्ष स्थानमा

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

ADVERTISEMENT

एजेन्सी । फिफा विश्वकप फुटबलको छनोटमा ब्राजिलले भेनेजुएलालाई हराएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलालाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा ब्राजिललाई जित दिलाउन रोबर्टो फिर्मिन्होले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६७ औं मिनेटमा फिर्मिन्होले गोल गरेका थिए ।

जितसँगै ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा उक्लिएको छ । ब्राजिलले ३ खेलमा ९ अंक जोडेको छ । छनोटमा ब्राजिल अपराजित रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि