बैशाख १४, २०८१, शुक्रबार
               

इंग्ल्याण्ड फुटबल एसोसियसनका अध्यक्ष क्लार्कले दिए राजीनामा

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

एजेन्सी । इंग्ल्याण्ड फुटबल एसोसियसन (एफए)का अध्यक्ष ग्रेग क्लार्कले पदबाट राजीनामा दिएका छन् ।

रंगभेदीय भाषाको प्रयोगपछि विवादमा तानिएका अध्यक्ष क्लार्कले राजीनामा दिएका हुन् । एफएले पिटर म्याककोर्मिक अन्तरिम अध्यक्षमा नियुक्त भएको पनि जनाएको छ ।

६३ वर्षीय क्लार्कले डिजिटल, कल्चर, मिडिया र खेलकुद कमिटीको बैठकले रंगभेदीय भाषाको प्रयोग गरेका थिए । बैठकमा उनले ‘हाई प्रोफाइल कलर्ड फुटबलर्स’ शब्द प्रयोग गरेका थिए । जसको चौतर्फी आलोचना भएको थियो । यसैकारण क्लार्कले माफी समेत मागेका थिए । क्लार्क सन् २०१६ बाट एफएका अध्यक्ष थिए ।


कस्तो लाग्यो ?

यो पनि