बैशाख १५, २०८१, शनिबार
               

ट्रम्पले हार स्वीकार गर्नुपर्छ : बाइडेन

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

एजेन्सी । भरखरै चुनाव सम्पन्न भएर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले डोनाल्ड ट्रम्पले हार स्वीकार गर्नुपर्ने बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजामा आफूले हार स्वीकार नगर्नु ‘लाजमर्दो’ भएको उनले बताएका छन् । 

विश्वका धेरै देशका नेताहरुसँग सम्पर्क गरिरहेका नव निर्वाचित बाइडेनले जुनसुकै परिस्थितीमा पनि आफूले शक्ति प्राप्त गर्ने समेत बताएका छन् । ट्रम्पले हार स्वीकार नगरेको बारे पत्रकारहरुको प्रश्नको जवाफमा बाइडेनले ट्रम्पले पद छोड्नु पर्ने बताएका छन् ।

बाइडेनले भने,  ‘मलाई लाग्छ यो लाजको कुरा हो ।’ गृहराज्य डेलावरको विलमिङ्गटनमा आयोजित पत्रकार सम्मेलनमा बाइडेनले भनेका छन्, ‘यसले राष्ट्रपतिको लिगेसीलाई सहयोग गर्दैन ।’

जनवरी २० को शपथको दिन (इनागुरेसन डे) लाई लक्षित गदै बाइडेनले अन्ततः राम्रा दिन आउने बताएका थिए । उनले सामाजिक सञ्जालमार्फत् पनि विभिन्न देशका नेतासँग कुराकानी भइरहेको बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि