बैशाख २६, २०८१, बुधबार
               

छुट्टाछुट्टै दुर्घटनामा एककाे मृत्यु, पाँच जना घाइते

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आलमपुरस्थित सडकमा बा.६० प २६०२ नम्बरको मोटरसाइकल आज बिहानै अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रेमबहादुर सापकोटाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । 

त्यस्तै बुटवलबाट काठमाडौँ आउँदै गरेको स्करपियो धादिङको पृथ्वीराजमार्गस्थित सलाङघाटमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बा १२ च ४४१० नम्बरको स्करपियो सडकबाट खोल्सामा खसेर दुर्घटना भएको र सबै घाइतेको उद्दार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब निरीक्षक युवराज खड्काले जानकारी दिए ।

दुई गम्भीरसहित सबै घाइतेको राजमार्ग सामुदायिक अस्पताल, मलेखुमा उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि