बैशाख १४, २०८१, शुक्रबार
               

एसी मिलान विजयी

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

एसी मिलानले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा मिलानले स्पार्टा प्रागुएमाथि ३-० को सहज जित निकालेको हो ।

खेलको २४औं मिनेटम ब्राहिमले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५७औं मिनेटमा राफेलले गोल गरेका थिए । उनले डालोटको पासमा गोल गर्दै मिलानको अग्रता दोब्बर पारेका थिए । त्यस्तै ६६औं मिनेटमा डालोटले गोल गरे । मिलानका डिफेन्डर डालोटले बेन्नासरको पासमा गोल गर्दै घरेलु टोलीलाई ३-० को सहज जित दिलाए ।

यस जितसँगै समूह एचमा रहेको मिलानले लगातार दोस्रो जित निकालेको छ ।  


कस्तो लाग्यो ?

यो पनि