बैशाख १५, २०८१, शनिबार
               

प्रिमियर लिगमा टोटनह्याम विजयी

नेपाल फ्ल्यास
कात्तिक ११, २०७७

ADVERTISEMENT

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति सम्पन्न खेलमा टोटनह्याम विजयी भएको छ । लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा टोटनह्यामले बर्नलीलाई १-० ले पराजित गरेको हो ।

टोटनह्यामको जितमा ह्यारी केन र सन हेङ्ग-मिनको भूमिका महत्वपूर्ण रह्यो । केनको सहयोगमा सनले ७६ औँ मिनेटमा गरेको गोल नै टोटनह्यामको जितका लागि निर्णायक बन्यो ।

सोमबार राति नै भएको अर्काे खेलमा ब्राइटन र वेष्ट ब्रोमले १/१ को बराबरी खेली अंक बाँडेका छन् ।


कस्तो लाग्यो ?

यो पनि