बैशाख १४, २०८१, शुक्रबार
               

आजको मौसम : पहिलाको तुलनामा फेरबदल

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहानैदेखि मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज विभिन्न जिल्लाहरु र प्रदेशमा पहिलाको तुलनामा फेरबदल भएको छ ।

त्यस्तै दिउँसो पनि प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

साथै प्रदेश १ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ । यसैगरी राती पनि प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि