बैशाख १४, २०८१, शुक्रबार
               

एघार अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गरिने

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये सात अर्ब २० करोड गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने चार अर्ब रुपैयाँ नयाँ हो । 

केन्द्रीय बैंकका अनुसार चार अर्ब बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि