बैशाख १४, २०८१, शुक्रबार
               

अमेरिकामा कोरोना संक्रमितको संख्या ८० लाख नाघ्यो

एजेन्सी
कात्तिक ०१, २०७७

न्यूयोर्कमा प्लास्टिकको पर्दा हालेर एकअर्कालाई अंगालो हाल्दै हजुरआमा-नातिनी
ADVERTISEMENT

अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का संक्रमितको संख्या ८० लाख पुगेको छ । 

अमेरिकामा कोभिड संक्रमितको संख्या ८० लाख ८ हजार ४०२ पुगेको हो ।  

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार शुक्रबार यहाँका संक्रमितको संख्या ८० लाख नाघेको हो ।

अमेरिका विश्वमा नै कोभिडबाट संक्रमितहरु सबैभन्दा धेरै भएका देशमा पर्दछ । 

त्यसैगरी यस संक्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । 

विश्वविद्यालयका अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या पनि २ लाख १८ हजार ९७ जना रहेको छ ।

तथ्यांक अनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि धेरै संख्यामा संक्रमित थपिने गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि