बैशाख १५, २०८१, शनिबार
               

आजबाट कार्तिक लागेसँगै मौसममा फरक परिर्वतन

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज कार्तिक १ गते देशभर बिहानैदेखि मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट मौसमले फरक गती लिएको छ ।

साथै, दिउँसो पनि प्रदेश १ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली तथा  गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाकी भू–भागहरुमा सामान्यतया मौसम सफा रहने छ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । 

त्यस्तै, राती पनि प्रदेश न १, बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । यसैगरी प्रदेश न १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि