बैशाख १५, २०८१, शनिबार
               

आजको मौसमः केही स्थानमा सफा रहने, कतै वर्षाको सम्भावना

नेपाल फ्ल्यास
असोज २४, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहानैदेखि देशभरको मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट सामान्य बदली भएको छ ।

त्यस्तै दिउँसो पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रहने तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । साथै, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राती पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा हल्का बदली रहने तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि