बैशाख १४, २०८१, शुक्रबार
               

यस्तो छ आजको मौसमः विस्तृत विवरण

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) बिहानैदेखि मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार बिहानैदेखि सामान्य बदली भइ केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

दिउँसो पनि  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थानहरु हल्का देखि मध्यम तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै, राती पनि प्रदेश १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रही प्रदेश १ का एक दुइ स्थानमा हल्का  वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि