बैशाख १४, २०८१, शुक्रबार
               

भीमफेदीमा सुमो दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

हेटौंडा । मकवानपुरको भीमफेदीमा आइतबार सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतक दुवै जना पुरुषको परिचय खुल्न बाँकी छ ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज ४१०६ नम्बरको दक्षिणकाली यातायातको टाटा सुमो दुर्घटना भएको हो ।

भीमफेदी गाउँपालिका-६ स्थित उकालो (चिसापानी गढी नजिक सिमखोला) मा टर्निङ नपुगेर व्याक गर्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

घाइते सबैको प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि