बैशाख १५, २०८१, शनिबार
               

सम्झना विकको हत्यारालाई कारबाही गर्न माग

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घले सम्झना विकको हत्यारालाई कारबाही गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ती जारी गरी बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिका सम्झनाको बलात्कारपछि हत्याका अपराधीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारवाही गर्नुपर्ने बताए ।

“लोकतान्त्रिक शासन व्यवस्था भएको देशमा आम नागरिकको सुरक्षा गर्न नसक्नु दुःखद कुरा हो, सरकारले बलात्कारीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्नुपर्छ”, अध्यक्ष ढुङ्गानाले भने । सरकारले आपराधिक घटनाका पीडितलाई न्याय दिनुको साटो अपराधीलाई बचाउन खोजेको उनको दाबी छ ।

नेवि सङ्घका महामन्त्री दीपक भट्टराईले केही महिना पहिले नवराज विकलगायतका युवाको रुकुममा भएको घट्ना र हाल सम्झना विकको बलात्कारपछि हत्या हुनुले दलित समुदायमाथि आक्रमणको घटना बढ्न थालेको बताए । महामन्त्री भट्टराईले दलित समुदायमाथि हुने गरेका विभिन्न प्रकारका प्रताडन रोक्न सरकारलाई विशेष र कडा कानून बनाउन आग्रह गरे ।


कस्तो लाग्यो ?

यो पनि