बैशाख १४, २०८१, शुक्रबार
               

कंगोमा नेपाली सैनिकमाथि निर्घात कुटपिट, जङ्गी अड्डाले थाल्यो अनुसन्धान

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

काठमाडौं । शान्ति स्थापनाका लागि कंगोमा खटिएका एकजना सैनिकलाई सैनिक अधिकृतले निर्घात कुटपिट गरेको घटनामा जङ्गी अड्डाले छानविन थालेको छ । 

तीनजना क्याप्टेनले जवान नवराज माझीलाई मरणासन्न हुनेगरी कुटेका थिए । कुटपिटमा क्याप्टेनहरु इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धिताल संलग्न रहेको बताइएको छ ।

'छानविन प्रक्रिया सुरु गरिएको' बताउँदै सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले 'घटनाको प्रकृति र तथ्य यकिन भएपछि थप प्रक्रिया अगाडि बढ्ने' जानकारी दिए । 

सैनिक आचार संहिता र मर्यादा विपरित भएको यो घटनामा संलग्न सबै जवान तथा अधिकृतहरुमाथि 'कोर्ट अफ इन्वायरी' सुरु भएको जङ्गी अड्डाले जनाएको छ ।

सो गणमा लेफ्टिनेन्ट कर्णेलले कमाण्ड गर्ने गर्छन् ।

सेनाका हाकिमले जवान कुटेको भन्दै अहिले सामाजिक संजालमा (यस घटनालाई लिएर) विभिन्न खालका प्रतिक्रियाहरु आइरहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि