बैशाख १५, २०८१, शनिबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर बिहानैदेखि मौसमको गतिविधीबारे विवरण सार्वजनिक गर्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाका अनुसार बिहानैदेखि देशका केही भू–भागमा सामान्य बदली भइ वर्षाको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशभर सामान्यदेखि अधिकांश बदली रही केही स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यसैगरी राती पनि देशभर सामान्यदेखि अधिकांश बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि