बैशाख २०, २०८१, बिहीबार
               

महाराष्ट्रमा तीनतले भवन भत्किँदा दश जनाको मृत्यु, उद्धार जारी

एजेन्सी
असोज ०५, २०७७

ADVERTISEMENT

भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा कम्तीमा दश जनाको मृत्यु भएको छ ।

सोमबार महाराष्ट्रको भिवान्डीमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको एक भवन भत्किँदा सो घटना भएको हो । सो भवन सोमबार बिहान ४ः४० बजे भत्किएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यसैगरी, सो भवनमा रहेका पाँच जना घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा पुप्याइएको थियो । 

सो भवनमा पुरिएका व्यक्तिलाई तत्कालै उद्धार गरी निकालिएको भारतको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स्’ले जनाएको छ । उक्त एनडिआरएफका अधिकारीहरुले सोमबार बिहान अबरेसम्म पनि उद्धारको काम जारी रहेको बताएका छन् । 

त्यस भत्किँएको भवनको भग्नावशेषभित्र केही व्यक्ति पुरिएको हुनसक्ने आशंकामा उद्धारको काम तत्कालै थालिएको बताइएको छ । त्यस भवनमा २० देखि २५ जनासम्म व्यक्ति च्यापिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि