बैशाख १४, २०८१, शुक्रबार
               

दासढुंगाको एकीकृत विकासका लागि डिपिआर निर्माण प्रक्रिया अघि बढाइँदै...

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले दासढुंगाको एकीकृत विकासका लागि डिपिआर निर्माण प्रक्रिया अघि बढेको छ । 

सत्ताइस वर्षअघि तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित दुर्घटनामा मृत्यु भएको सो स्थलको एकीकृत विकासका लागि डिपिआर निर्माण प्रक्रिया अघि बढाइएको हो । 

जसका लागि पर्यटन विभागले डिपिआर निर्माणका लागि परामर्शदाता पनि  छनोट प्रक्रिया अघि बढाएको छ । सो स्थलको डिपिआरका लागि ५० लाख लागतको अनुमान गरिएको छ । सो स्थलको डिपिआर निर्माणका लागि  प्राविधिकसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ ।

विसं २०५० जेठ ३ गते हालको भरतपुर महानगरपालिका वडा नं २९ दासढुङ्गामा उनीहरू चढेको जिप दुर्घटना हुँदा दुवै जनाको मृत्यु भएको थियो ।

दासढुङ्गामा यसअघि नै नेपाल सरकारले ३६ कठ्ठा जग्गा खरिद गरिसकेको छ । जहाँबाट रमणीय त्रिशूली नदी, देवघाटलगायत क्षेत्र देख्न सकिन्छ ।


कस्तो लाग्यो ?

यो पनि