बैशाख १४, २०८१, शुक्रबार
               

नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

चार किलो र पाँचकिलो भन्ने सथानमा (सडक) मा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ सफा गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टकाअनुसार बिहान ५ः४५ बजेको समयमा ती दुवै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै बिहान ११ः०० बजेदेखि सवारी आवागमन सुरु भएको छ ।

भट्टका अनुसार सो सडकको सत्रकिलो, सिमलताल, रिग्दीखोला र भालुढुङ्गामा एकतर्फी सडक खुलेको छ । 

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार एकतर्फी सडक खुलेका ठाउँमा दुईतर्फी खुलाउने काम शुरु भएको छ ।

सो सडकखण्डमा सोमबार राति ठाउँठाउँमा पहिरो खसेको थियो । पाँच वर्षयताको सबैभन्दा बढी पहिरो खसेको कार्यालयले जनाएको छ ।

यो पनि