बैशाख १५, २०८१, शनिबार
               

१३० स्थानीय तहमा औद्योगिकग्राम स्थापना हुने

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले एक सय ३० स्थानीय तहमा औद्योगिक ग्राम स्थापना कार्य अघि बढाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सरकारले प्रतिऔद्योगिकग्राम ९२ लाख रुपैयाँ बजेट अनुदान दिनेगरी ‘एक स्थानीय तह एक औद्योगिक ग्राम’ परियोजना अघि बढाएको  हो ।

चालू आर्थिक वर्षका लागि १३० औद्योगिक ग्राम परियोजना अघि बढाउन एक अर्ब १९ करोड ६० लाख अनुदान दिइने बताइएको छ ।अघिल्लो कार्यक्रममा नपरेका, तर पूर्वसम्भाव्यता अध्ययन भएका गाउँपालिका तथा नगरपालिकाले चालू आवमा ग्राम स्थापनाका लागि प्रस्ताव पठाउन सक्ने मन्त्रालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि