बैशाख १४, २०८१, शुक्रबार
               

गरीबको गाडा बन्द गराएर अर्बपतिको भाटभटेनी खुला

ADVERTISEMENT

सामाजिक दूरी कायम गर्ने भनिए पनि भाटभटेनीमा त्यस्तो देखिएन, तर मजदुरले सुरक्षित रुपमा ठेलागाडा चलाउँछु भन्दा पाएका छैनन् ।’

‘फुटपाथ र ठेलागाडा व्यापार’ बन्द गराएर भाटभटेनी सुपरमार्केटको सेवा खुलाएपछि चर्को आलोचना भएको छ । फुटपाथ र ठेलागाडा व्यापार बन्दपछि मारमा परेका मजदुर तथा साना व्यवसायीले सरकारको दोहोरो मापदण्डको विरोध गरेका हुन् ।

‘भाटभटेनीलाई दिइएको सुविधा अन्य त्यस्तै प्रकृतिका पसलले कारोबार गर्ने छुट पाउने कि नपाउने, दिनभर सामान बेचेर आएको केही मुनाफाले पेट पाल्ने हामीलाई चाहिँ किन बन्द गरेको,’साना तथा ठेलागाडा व्यवसायीको सरकारलाई प्रश्न छ । 

सरकारले सौतेनी व्यवहार गरेको मजदुर तथा ठेलागाडा व्यवसायीको गुनासो छ । ‘अरू पसलेलाई बिहान दुई घण्टा मात्र पसल खोल्न छुट हुने भाटभटेनीचाहिँ १४ घण्टा खोल्न दिने, अरूलाई बन्द गर्ने सरकारको विभेद नीतिले  गम्भीर प्रश्न उठेको छ।’

भाटभटेनी सुपरस्टारको नामबाट देशका सुविधा सम्पन्न मुख्य सहरमा ठुलो रिटेल चेन सञ्चालन गरिरहेको भाटभटेनी समूहले यसअघि लकडाउन तथा निषेधाज्ञाको समयमा बिहान सात बजेदेखि राति नौ बजेसम्म सञ्चालनको अनुमति पाएको थियो ।

तर, भदौ २५ बाट जिल्ला प्रशासन कार्यालयले फुटपाथ र ठेलागाडा व्यापार पूर्ण रुपमा बन्द गराएको छ । तर, अहिले बिहान सात बजेदेखि राति नौ बजेसम्म काठमाडौं उपत्यका र बाहिरका भाटभटेनीका सबै आउटलेट खुलिरहेका छन् ।

जबकि सो समयमा अरू खाद्यान्न पसल खोल्न अनुमति दिएको थियो । ती पसल तोकिएको समयभन्दा केही मिनेट ढिलोसम्म खुलेमा प्रहरी आएर सञ्चालाकलाई हप्काउँदै बन्द गराउथे ।

अहिले तीन साताको लामो निषेधाज्ञा सकिएसँगै खाद्यान्न पसल खुल्ने समय बिहान सात बजेदेखि ११ बजे र साँझ पाँच बजेदेखि सात बजेसम्म तोकिएको छ ।

भदौ २५ बाट जिल्ला प्रशासन कार्यालयले फुटपाथ र ठेलागाडा व्यापार पूर्ण रुपमा बन्द गराएको छ । तर, अहिले बिहान सात बजेदेखि राति नौ बजेसम्म  काठमाडौं उपत्यका र बाहिरका भाटभटेनीका सबै आउटलेट खुलिरहेको छ ।

उपत्यकाका कलङ्की, महाराजगन्ज, नक्साल, भक्तपुर, कोटेश्वर, चुच्चेपाटी, अनामनगर पुलचोक, बालाजु, र त्रिपुरेश्वरलगायत स्थानका स्टोर दिनभर खुला गरिएको छ ।

उपत्यकाबाहिर विराटनगर, धरान, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, नेपालगन्जमा खुला भएका छन् । जबकि ती स्थानमा  ठेलागाडा तथा फुटपाथ प्रशासनले बन्द गराएको छ ।

ठेलागाडा बन्द गराउन माग गर्दै प्रजिअलाई ज्ञापनपत्र दिँदै काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्की

भाटभटेनीमा पनि उस्तै भीड

भाटभटेनीले भने कोरोना सङ्क्रमण रोकथामका लागि पर्याप्त सावधानी अपनाएर आउटलेट सञ्चालन गरिएको दाबी गरेको छ । एक पटकमा स्टोरभित्र १० जनालाई मात्रै प्रवेश दिइने भनिए पनि बिहान बेलुकी भीड हुने गरेको छ । 

भाटभटेनीमा सामान खरिद गरेर फर्किएका एक ग्राहले भने, ‘सामाजिक दूरी कायम गर्ने भनिए पनि भाटभटेनीमा त्यस्तो देखिएन, तर मजदुरले सुरक्षित रुपमा ठेलागाडा चलाउँछु भन्दा पाएका छैनन् ।’

लकडाउनका कारण सिर्जित विषम परिस्थितिमा धेरैको रोजीरोटी खोसिएको छ । रोजगारी गुमाएका तथा व्यापार व्यवसायबाट पलायन भएकाहरुलाई ठेलागाडामा व्यापार गर्नमा कानुनी रुपमै बनदेज गरिँदा झनै मर्कामा परेका छन् । उनीहरु प्रश्न गर्छन्, ‘भाटभटेनीलाई दिइएको सुविधा अन्य त्यस्तै प्रकृतिका पसलले कारोबार गर्ने छुट पाउने कि नपाउने ?’

निरीह प्रशासन

जीवनप्रसाद दुलाल, सहायक प्रजिअ, काठमाडौं काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले भने भाटभटेनीलाई कुनै विशेष सुविधा नदिएको दाबी गरेका छन् ।
उनले नेपाल फ्ल्याससँग भने, ‘भाटभटेनीलाई हामीले कुनै विषेश सुविधा दिएका छैनौँ, कसैलाई खोल्ने कसैलाई नखोल्ने दोहोरो निर्णय गरेका छौनौँ, यदि उसले निर्णय पालना नगरेको भेटिएमा कारबाही गर्छौँ।’

भाटभटेनीलाई विशेष सुविधा नदिए पनि राजनीतिक पावरका कारणले उसले सबै स्टोर सञ्चालन गरेको बताइन्छन् । तर, जिल्ला प्रशासन कार्यालयको निरीहताका कारणले उसलाई अनुगमन तथा कारबाही हुन नसकिरहेको सरोकारवालाहरू बताउँछन् ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि