बैशाख १४, २०८१, शुक्रबार
               

झापामा भूकम्पको धक्का

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

झापा । प्रदेश १ को झापालगायत आसपासका जिल्लामा आज (शुक्रबार) बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर बिहान साढे ९ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर पाँच रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का झापासहित पूर्वका अन्य केही जिल्लामा पनि महसुस गरिएको थियो । 

यसअघि २४ गते धादिङ र १९ गते संखुवासभालाई केन्द्रविन्दु बनाएर चार रेक्टर स्केलको भूकम्प गएको थियो ।


कस्तो लाग्यो ?

यो पनि