बैशाख १४, २०८१, शुक्रबार
               

प्रहरी नै बलात्कार अभियोगमा पक्राउ

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालाका एकजना प्रहरी जवान पक्राउ परेका छन् । दार्चुला घर भई गौशाला प्रहरीमा कार्यरत जवान उपेन्द्र सिंह पक्राउ परेका गौशाला प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक डिएसपी जितेन्द्र कुमार बस्‍नेतले बताए ।

उनका अनुसार प्रहरी जवान सिंले चिनजानकै एक २१ वर्षीया युवतीलाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ गरिएको हो ।  

पक्राउ परेका सिंलाई जिल्ला अदालतबाट सोमबारै म्याद थप गराई बयान लिने तयारी गरिएको डिएसपी बस्‍नेतले बाए ।  

प्रहरी जवान सिंले आइतवार बेलुकी वनकालीस्थित घरमै आएर आफूलाई बलात्कार गरेको दाबीसहित युवतीले जोहरी दिएकी छिन् । उनको स्वास्थ्य परीक्षण समेत गराइएको छ ।  
 

 


कस्तो लाग्यो ?

यो पनि