जेठ ०१, २०८१, मंगलबार
               

रथ तान्दा झडप: प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार, युवाले गरे ढुंगामुढा

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

ललितपुरको पुल्चोकमा रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा  स्थानीय युवा र प्रहरीबीच झडप भएको छ ।

निशेधाज्ञाबीच रातो मच्छिन्द्रनाथको रथ तान्न सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो । 

प्रहरीले रथ तान्न रोक लगाएपछि युवाहरुले प्रहरीको विरोध गर्दै ढुंगामुढा गरेका छन् ।

स्थिति नियन्त्रणका लिनको लागि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरीको अवरोधका बीच युाहरुले सडकको बीचसम्म रथ तानेका छन् ।


कस्तो लाग्यो ?

यो पनि