बैशाख १५, २०८१, शनिबार
               

राजीनामापछि पनि जापानी प्रधानमन्त्रीको झन् धेरै चर्चा किन ?

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिए । उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित छन् । अहिले उनको अवस्था झन् बिग्रिएको अनुमान गरिएको छ ।

आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै उनले पदावधि पूरा गर्न नपाएकोमा जापानी जनतासँग क्षमायाचना गर्दै शुक्रबार पदबाट राजीनामा दिए ।

६५ वर्षीय आबेले आफ्नो कारणले सरकार सञ्चालनमा समस्या नहोस् भन्ने चाहेका थिए ।

सन् २०१२ देखि निरन्तर देशको कार्यकारी नेता रहेका आबे जापानी इतिहासमा सबैभन्दा लामो समय काम गर्ने प्रधानमन्त्री हुन् । ‍उनको पदावधि २०२१ सम्म थियो ।

राजीनमापछि झन् धेरै चर्चा 

जापनका प्रधानमन्त्री सिन्जो आबेको राजीनामा बलिदानीजस्तै रहेको टिकाटिप्पणी हुन थालेको छ । उनले स्वास्थ्यको कारण देखाउँदै शुक्रबार प्रधानमन्त्रीको पदबाट राजीनामा दिएपछि उनी निकै चर्चामा छन् । 

उनी चर्चामा रहुनुको मुख्य दुई कारण छन् । एक उनकै कार्यकालमा जापन विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बन्नु र अर्को उनको (जापानको) विदेश नीति ।  

आबे युद्धपछि जापानको सबैभन्दा लामो कार्यकाल प्रधानमन्त्रीको पदमा रहन सफल व्यक्ति हुन् । उनले आफ्नो कार्यकालमा पुरानो र रूढीवादी पुस्ताको प्रतिनिधित्व गरेका थिए । जसका कारण विदेश नीति बढी अभिव्यक्त थियो ।  

आफ्नो कार्यकालमा आबेले देशको स्थितिमा धेरै सुधार गरेका छन् । आबैकै कार्यकालमा जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बन्न समेत सफल भएको छ । 

उनले आफ्नो कार्यकालमा देशको राष्ट्रिय हितलाई सधैँ उच्च राख्ने प्रयास गरे ।  

-बीबीसी 

 

यो पनि