बैशाख १४, २०८१, शुक्रबार
               

टिकटकका कार्यकारी प्रमुख मायरले दिए राजीनामा

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

टिकटकका कार्यकारी प्रमुख केभिन मायरले  पदबाट राजीनामा दिएका छन्  । लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख मायरले राजीनामा दिएका हुन् । उनी केही महिना मात्र सो पदमा नियुक्त भएका थिए  ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्ससहित मेसेजिङ एप्लिकेसन विच्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने  बताएका थिए । 

यसका अलवा राष्ट्रपति ट्रम्पको आदेशविरुद्ध सान फ्रान्सिस्कोमा चिनियाँ मेसेजिङ एप्लिकेसन विच्याटका प्रयोगकर्ताले अदालतमा चुनौती दिने बताएका छन्। 

तर, पछिल्ला केही महिनादेखि अमेरिकी राजनीतिक घटनाक्रमका कारण मायरको भूमिका परिवर्तन भएको जनाइएको छ । गत अगष्ट ६ मा राष्ट्रपति ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्समाथि अमेरिकामा प्रतिबन्ध लगाउन एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । एएनआई


कस्तो लाग्यो ?

यो पनि