बैशाख ०७, २०८१, शुक्रबार
               

जब उद्योगमन्त्री भट्ट बिहानै कालीमाटी पुगे

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं उपत्यकालगायत देशैभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढ्दो छ । 

कोरोना महामारीको जोखिमलाई कम गर्न भन्दै काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

तरकारी बजार, खाद्यान्नलगायतका अतिआवश्यकीय पसलहरु निश्चित समयसम्म खोल्न पाउने भनेर समय निर्धारण गरिएको छ, त्यो पनि सुरक्षा मापदण्ड पालना गरेर मात्रै ।

यसैबीच, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सोमबार बिहानै (झिसमिसेमा) बजार अनुगमनमा निस्किएका छन् ।

कोरोना संक्रमणबाट बच्न व्यवसायी तथा उपभोक्ताले 'सरकारले लागू गरेको सुरक्षा मापदण्ड पालना गरेका छन् कि छैनन्' भनेर अनुगमन गर्न मन्त्री भट्ट कालीमाटी तथा बल्खुस्थित तरकारी तथा फलफुल बजार पुगेका हुन् ।

बजारमा हुने भीडभाड, खाद्यान्न, तरकारी तथा फलफुलको मूल्य र सुरक्षा मापदण्डलगायतको अनुगमन गर्न मन्त्री भट्ट बिहानै त्यहाँ पुगेका हुन् ।

यो पनि