बैशाख १५, २०८१, शनिबार
               

सार्कमा कोरोना : भारतमा तीब्र संक्रमण, भुटानमा प्रभाव न्यून

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य राष्ट्रहरू सबै प्रभावित भएका छन् ।

सार्कका ८ सदस्यमध्ये भुटानले मानवीय क्षति व्यहोर्नु परेको छैन । बढी संक्रमणका आधारमा भारत विश्वकै तेस्रो स्थानमा छ भने मृत्युका आधारमा पाँचौ स्थानमा ।

पाकिस्तान मृत्युका आधारमा १९औँ र संक्रमणका आधारमा १४औँ स्थानमा छ । संक्रमणको आधारमा भुटान १८९औँ स्थानमा छ ।

२२ हजार ९७२ जना संक्रमित भएको नेपाल बढी संक्रमणका आधारमा ६६औँ स्थानमा छ । ७५ जनाको मृत्यु पुष्टि भइसकेको नेपाल बढी मृत्यु हुने मुलुकको सूचीको १०७औँ स्थानमा रहेको छ ।

हेर्नुस् सार्क देशको अवस्था

  देश संक्रमित मृत्यु निको
भारत
India
२२,१५,०७४ ४४,४६६ १५,३५,७४३
पाकिस्तान
Pakistan
२,८४,६६० ६,०९७ २,६०,७६४
बंगलादेश
Bangladesh
२,५७,६०० ३,३९९ १,४८,३७०
अफगानिस्तान
Afghanistan
३७,०५४ १,३१२ २५,९६०
नेपाल
Nepal
२२,९७२ ७५ १६,३५३
माल्दिभ्स
Maldives
५,०४१ १९ २,८०४
श्रीलंका
Sri Lanka
२,८४४ ११ २,५७९
भुटान
Bhutan
११० ९६

कस्तो लाग्यो ?

यो पनि