बैशाख १४, २०८१, शुक्रबार
               

भारतमा कति पुग्यो संक्रमितको संख्या ?

एजेन्सी
साउन २५, २०७७

ADVERTISEMENT

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा थप ६४ हजार ३९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ८६१ संक्रमितको मृत्यु भएको छ । 

भारतमा योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४३ हजार ३७९ पुगेको छ । साथै कूल संक्रमितको संख्या २१ लाख ५३ हजार नाघेको छ । 

संक्रमितमध्ये १४ लाख ८० हजार ८८५ जना निको भएर डिस्चार्ज भएका छन् । भारतमा हाल ६ लाख २८ हजार ७४७ जना विभिन्न स्वास्थ्य केन्द्रमा उपचाररत छन् ।

भारतीय चिकित्सा अनुसन्धान परिषदले अगष्ट ८ मा ७ लाख १९ हजार ३६४ जनाको परीक्षण गरिएको जनाएको छ ।

भारतमा कोरोना संक्रमण देखिन थालेयता हालसम्म कूल २ करोड ४१ नमुना परीक्षण गरिएको बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि