बैशाख १५, २०८१, शनिबार
               

च्याम्पियन्स लिगमा आज २ खेल हुने

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

च्याम्पियन्स लिग फुटबल अन्तर्गत शनिबार राति दुई खेल हुँदैछ ।

प्रतियोगिता अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोना र सिरि ए क्लब नापोलीबीच  नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । सोही समयमा जर्मन बायर्न म्युनिख र लण्डन क्लब चेल्सी आमने सामने हुनेछ । 

बार्सिलोना र नापोलीबीच ईटालीमा भएको पहिलो लेगमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए । दोस्रो लेगको खेल बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा हुँदैछ । 

अन्तिम १६ को दोस्रो लेगको खेलमा बायर्न म्युनिख र चेल्सी भिड्दैछन् । पहिलो लेगमा घरेलु टोली चेल्सीबिरुद्ध बायर्नले तीन गोलको अग्रता लिएको थियो । सोही कारण दोस्रो लेगमा बायर्नबिरुद्ध पुनरागमन जित निकाल्न चेल्सीले जर्मन क्लबबिरुद्ध ४–० को अन्तरमा जित निकाल्नुपर्नेछ । 


कस्तो लाग्यो ?

यो पनि