काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार गरेको छ ।
एयरलाइन्सले बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार उडान गरी काठमाडौँ ल्याएको हो ।
उक्त उडान भारतबाट गरिएको पहिलो उद्धार उडान रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
बैङ्लोर र वरिपरिका क्षेत्रमा रहेका ८० नेपाली विद्यार्थीलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको निगमले जनाएको छ ।