बैशाख १५, २०८१, शनिबार
               

पहिरोमा एक बेपत्ता, दुई घाइते

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

बाजुरा । लगातारको अविरल वर्षाका कारण आज दिउँसो साँफे मार्तडी राजमार्ग सडकमा पर्ने अम्कोटको पहिरोमा परी एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । बेपत्ता हुनेमा बूढीगङ्गा नगरपालिका–१ अम्कोटका स्थानीय २२ वर्षीय धर्मराज तिमिल्सेना रहेका छन् ।

सोही गाउँका १७ वर्षीया ज्ञानु पाध्याय र १४ वर्षीय हरेन्द्र पाध्याय पहिरोमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिए । बेपत्ता भएका तिमिल्सेनाको खोजीकार्य भइरहेको छ । घाइतेमध्ये ज्ञानु पाध्यायको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता रोकायाले बताउनुभयो । घाइतेको उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लैजाने तयारी भइरहेको छ । गाई बाख्रा चराउन वनमा गएका तीनै जना पहिरोमा परी बेपत्ता र घाइते भएको प्रहरी प्रवक्ता रोकायाले बताए ।

बेपत्ता भएका तिमिल्सेनाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा गएर खोजीकार्य गरिरहेको प्रवक्ता रोकायाको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि