बैशाख १४, २०८१, शुक्रबार
               

खराबी मौसमबाट सतर्क रहन मौसमविद्को चेतावनी

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको गतिविधीबारे विवरण सार्वजनिक गर्दै देशका आम नागरिकलाई सतर्क रहन चेतावनी दिएको छ ।

महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

जानकारी अनुसार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि