बैशाख १४, २०८१, शुक्रबार
               

मौसमबाट आज पनि सावधानी अपनाउन मौसमविद्को सुझाव

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय मौसम पूर्वानुमान महाशाखाले आजको मौसमका गतिविधि सार्वजनिक गर्दै पूर्ण सतर्क रहन देशवासीलाई आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा र  गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । साथै, राती देशभर सामान्यदेखि पूर्ण बदली रही  धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेशको एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि