बैशाख १४, २०८१, शुक्रबार
               

दुई महिना बाढीपहिरो आउन सक्छ त्यसको पूर्वतयारी गर्नूस् : प्रधानमन्त्री

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधाननमन्त्री केपी शर्मा ओलीले अझ दुई महिना बाढी पहिरो आउन सक्ने भन्दै पूर्वतयारीका साथ रहन निर्देशन दिएका छन् । 

शनिबार विपद् व्यस्थापनको बैठकमा प्रधानमन्त्रीले सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएका हुन् । 

विपद् व्यवस्थापन परिषद्को शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले राहत तथा उद्धार सामाग्रीहरु जिल्ला र स्थानीय तहसम्म लगेर राख्नसमेत निर्देशन दिएका छन् । 

‘यो झरी सकिए पनि दुई महिनासम्म बाढीपहिरोले आक्रान्त पारिरहन्छ । यसका लागि जिल्ला र स्थानीय तहमा राहत तथा उद्दार सामाग्री लगेर राख्न र यतासक्य छिटो पुर्‍याउन निर्देशन दिनुभएको छ,’ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने ।

शुक्रबार म्याग्दीमा मौसमका कारण तुरुन्त हेलिकप्टर पठाउन नसकिएको भन्दै प्रधानमन्त्रीले बैठकमा यस्तो बेला प्रविधिको प्रयोग गर्नेबारे छलफल भएको बताएका छन् । 

यो पनि