बैशाख २७, २०८१, बिहीबार
               

कोरोनाभाइरसबाट एक करोड २० लाख संक्रमित

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

विश्वभरी कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या एक करोड २० लाख पुगेको छ ।

जोन हकिन्स विश्वविद्यालयले बिहीबार दिएको जानकारी अनुसार संक्रमित भएकामध्ये विश्वभरी पाँच लाख ५० हजार १३५ जनाको मृत्यु भएको छ ।

चिनियाँ सहर वुहानमा सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बरमा पत्ता लागेको कोभिड–१९ हाल विश्वभर महामारीका रूपमा फैलिएकोे छ । 

कोरोनाका कारण सवैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा कोरोनाका कारण मृत्यु भएका र संक्रमित भएकाहरुको सङख्या सवैभन्दा धेरै रहेको छ । 

अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म एक लाख ३२ हजार ३०९ जनाको मृत्यु भएको छ । त्यसैगरी ३० लाख ५५ हजार १४४ जना संक्रमित भएका छन् ।  

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गत मार्चदेखि कोरोनाको महामारी फैलिएको घोषणा गरेको थियो । 

दोस्रो धेरै प्रभावितको सूचीमा ब्राजिल भएको छ । ब्राजिलमा १७ लाख १३ हजार १६० जना संक्रमित भएका छन् भने ६७ हजार ९६४ जनाको मृत्यु भएको छ । बेलायत, फ्रान्स, इटली, स्पेन, भारत, रूस र पेरू बढी प्रभावित मुलुकहरूमध्ये रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि