बैशाख १५, २०८१, शनिबार
               

सिन्धुपाल्चोकमा बाढीले १५ घर बगायो, केही मानिस बेपत्ता

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

मेलम्ची । गएरातिदेखिको अविरल वर्षाले सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिकाको जम्बुको ठाडो खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताए अनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन ।

बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताइा् । ‘खोला सडकमाथि बगीरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन’, उनले भनिन् ।

निरन्तर पानी परिरहेकाले पहिरो आएको हो । भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गरेकी छन् ।


कस्तो लाग्यो ?

यो पनि