बैशाख २६, २०८१, बुधबार
               

मड्रिड डर्बी: एट्लेटिको विजयी

नेपाल फ्ल्यास
असोज ०८, २०८०

ADVERTISEMENT

काठमाडौं । स्पेनिस लिगको मड्रिड डर्बीमा एट्लेटिकोले सहज जित निकालेको छ ।  

घरेलु मैदानमा आईतबार राति एट्लेटिको मड्रिडले रियललाई ३–१ को नमिठो हार चखाएको हो । एट्लेटिकोको जितमा अल्भारो मोराटाले दुई गोल गरे । एन्टोनी ग्रिजम्यानले एक गोल थपे । रियलका टोनी क्रुसले एक गोल फर्काएका थिए । 

खेलमा अग्रता घरेलु टोली एट्लेटिकोले मोराटाको गोलमा चौथों मिनेटमा लिएको थियो । ग्रिजम्यानले १८ औं मिनेटमा ग्रिजम्यानको अग्रतालाई दोब्बर बनाउने काम गरे । 

रियलका लागि ३५ औं मिनेटमा क्रुजले गोल गर्दै टिमलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर दोस्रो हाफ लगत्तै ग्रिजम्यानले गोल गर्दै अन्तर बढाउने काम गरेका थिए ।

जित सहित एट्लेटिकोले ५ खेलबाट १० अंक जोडेको छ । रियल १५ अंक सहित तेस्रो स्थानमा छ ।

एट्लेटिकोलाई हराउँदै रियललाई शीर्ष स्थानमा उक्लिने अवसर थियो । बार्सिलोना १६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । 
 
 


कस्तो लाग्यो ?

यो पनि