बैशाख २६, २०८१, बुधबार
               

प्रिमियर लिग: चेल्सी पराजित

नेपाल फ्ल्यास
असोज ०७, २०८०

ADVERTISEMENT

काठमाडौं । प्रिमियर लिग फुटबलमा चेल्सी घरमै एस्टन भिल्लाको हातबाट पराजित बनेको छ ।

आईतबार स्टामफोर्ड ब्रिजमा चेल्सी पाहुना टोली एस्टन भिल्लासँग १–० ले स्तब्ध बनेको हो । ५८ औं मिनेटमा मालो गुस्टो रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सिमित बनेको थियो । 

खेलको ७३ औं मिनेटमा वली वाटकिन्सले गोल गर्दै पाहुना टोलीलाई महत्वपुर्ण जित दिलाए ।

एस्टनले ६ खेलबाट १२ अंक बनाएको छ । चेल्सीको मात्र ५ अंक छ ।
 


कस्तो लाग्यो ?

यो पनि