बैशाख २६, २०८१, बुधबार
               

ओनानाले लिए हारको जिम्मेवारी

नेपाल फ्ल्यास
असोज ०४, २०८०

ADVERTISEMENT

काठमाडौं । म्यानचेस्टर युनाईटेडका गोलकिपर आन्द्रे ओनानाले च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखसँगको हारको जिम्मेवारी आफुले लिएका छन् ।

बुधबार राति बायर्नको घरेलु मैदानमा युनाईटेड ४–३ गोल अन्तरले पराजित भएको थियो । ओनानाकै गल्तीमा बायर्नले खेलमा सुरुआती अग्रता बनाउन सफल भएको थियो । लिरो सानेको प्रहार ओनानाले हातबाट फुस्काएपछि बायर्नले सुरुआती अग्रता बनाएको थियो ।

‘योनै गोलकिपरको जिवन हो ।’ ओनानाले भने ।

‘यो कठिन हो । हामीले राम्रो सुरुआत गर्यौ । आफ्नै गल्तीका कारण हामीले खेलमा नियन्त्रण गुमायौं । यो हाम्रा लागि कठिन समय थियो । ब्यक्तिगत रुपमा मैले टिमलाई निराश बनाए ।’ ओनानाले भने ।

‘हामी बलमा निकै राम्रो थियौं । उनीहरुले कुनै मौका दिएनन् । उनीहरुको पहिलो प्रहारमै मैले गल्ती गरे । यो महत्वपुर्ण बिन्दु थियो । र टिम त्यही गल्तीका कारण हार्न पुग्यो ।’ उनले भने ।

‘हामीले आज जित्न सकेनौं, त्यसको कारण मै हो ।’ ओनानाले हारको जिम्मेवारी लिए । 

‘मैले गल्तीबाट सिक्नपर्छ र अझ बलियो बन्न पर्छ । मैले धेरै प्रमाणित गर्न बाँकी छ । मैले युनाईटेडमा सुरुआत राम्रो हुन सकेको छैन । जसरी मैले चाहेको थिए । यो मेरो सबैभन्दा खराब खेलभित्र पर्छ ।’ ओनानाले भनेका छन् ।

युनाईटेडले हार सिजन यस सिजनको च्याम्पियन्स लिगको सुरुआत गरेको छ । ७ गोल भएको खेलमा युनाईटेडले ४–३ गोल अन्तरको हार ब्यहोरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि