बैशाख २६, २०८१, बुधबार
               

शतप्रतिशत जित निकाल्दै, रियल मड्रिड लिग तालिकाको शीर्ष स्थानमा

नेपाल फ्ल्यास
असोज ०१, २०८०

ADVERTISEMENT

काठमाडौं ।रियल मड्रिडले स्पेनिस लिगमा शतप्रतिशत जितको नतिजालाई कायमै राखेको छ । आईतबार राति रियल मड्रिडले रियल सोसिडाडविरुद्ध २–१ को जित निकालेको हो । 

न्युक्यासल र स्टक सिटीका पूर्व फरवार्ड जोसुलुले ६० औं मिनेटमा गोल गर्दै रियल मड्रिडलाई जित दिलाए । फरान गार्सियाको क्रसलाई सदुपयोग गर्दै जोसुलुले रियलका लागि विजयी गोल गरेका थिए । दोस्रो हाफको सुरुआतमै भाल्भर्डेले घरेलु टोली रियलका लागि बराबरी गोल फर्काएका थिए ।खेलमा अग्रता पाहुना टोलीले पाँचौ मिनेटमा बारेनाट्याक्सियाको गोलमा लिएको थियो ।

नयाँ क्लबमा आएर पछिल्ला चार म्याचमा ५ गोल गरेका जुड बेलिङ्घमले भने गोल गर्न सकेनन् । उनले इन्जुरी समयमा राम्रो अवसर प्राप्त गरेका थिए । 

जित सहित रियल मड्रिड लिग तालिकाको शीर्ष स्थानमा छ । उसले ५ खेलबाट १५ अंक जोडेको छ । सोसिडाड ६ अंक सहित ११ औं स्थानमा छ ।
 


कस्तो लाग्यो ?

यो पनि