बैशाख २७, २०८१, बिहीबार
               

प्रहरी नियन्त्रणमा रियल म्याड्रिडका तीन युवा खेलाडी

नेपाल फ्ल्यास
भदौ २९, २०८०

ADVERTISEMENT

काडमाडौँ । स्पेन प्रहरीले रियल म्याड्रिडका तीन युवा फुटबल खेलाडीलाई नियन्त्रणमा लिएको छ । नाबागिलसँग यौन सम्पर्क राखेको भिडियो वितरण गरेको आरोपमा तीनजना युवा फुटबल खेलाडीलाई बिहीबार राति पक्राउ गरिएको समाचारमा उल्लेख छ । पक्राउ परेका खेलाडीहरु भने नाबालिग होइनन् । उनीहरुले नाबालिगसँग यौन सम्पर्क गरेको भिडियो वितरणका लागि प्रयोग गरेको मोबाइल फोन पनि प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ । पक्राउ गरिएका तीनैजना खेलाडीलाई न्यायालयले भने जमानतमा रिहा गरेको छ । ती नाबालिगको आमाले सेप्टेम्बर ६ तारिखमा दिएको उजुरीका आधारमा प्रहरीले खेलाडीलाई पक्राउ गरेको थियो । ती नाबालिगको उमेर १६ वर्ष रहेको समाचारमा जनाइएको छ । पक्राउ परेका युवा फुटबल खेलाडीले गत जुनमा ती नाबालिगको जानकारी बिना नै भिडियो रेकर्ड गरिएको बयान दिएका छन् ।तीनैजना खेलाडी रियल म्याड्रिको युथ एकेडेमीको सदस्य हुन् । उनीहरु रियल म्याड्रिडको तेस्रो श्रेणीको क्लबको सदस्य पनि हुन् ।

ती तीनजनाका अतिरिक्त उक्त घटनामा अन्य खेलाडीको समेत सहभागिता रहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । पक्राउ परेका खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन ।
 


कस्तो लाग्यो ?

यो पनि