बैशाख २७, २०८१, बिहीबार
               

एसिया कप सुपर फोर: पाकिस्तानको लज्जास्पद हार

नेपाल फ्ल्यास
भदौ २६, २०८०

ADVERTISEMENT

एसिया कप सुपर फोर: पाकिस्तानको भारतसँग लज्जास्पद हार
काठमाडौं । एसिया कप २०२३ अन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानमाथि २२८ रनको फराकिलो जित हात पारेको छ ।

भारतका लागि विराट कोहली र केएल राहुलले शतक प्रहार गरे । कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा नटआउट १२२ रन र राहुलले १०६ बलमा १२ चौका र २ छक्काको मद्दतमा १११ रन जोडे ।कोहलीको यो ४७ औं एकदिवसीय शतक हो । कोहली र केएलबीच तेस्रो विकेटका लागि २३३ रनको साझेदारी भएको थियो ।

श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल वर्षाका कारण रोकिदा सोमबारसम्मका लागि स्थगित भएको थियो ।

सोमबार कोलम्बोमा भारतले दिएको ३५७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा १२८ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि सबैभन्दा बढी रनमा फखर जमानले २७ रन जोडे । अघा सलमान र इफ्तिखर अहमदले २३—२३ रन बनाए । अरु ब्याट्सम्यान सस्तैमा आउट भए ।


 


कस्तो लाग्यो ?

यो पनि