बैशाख ०४, २०८१, मंगलबार
               

वर्षाका कारण स्थगित भएको भारत र पाकिस्तानबीचको खेल आज

नेपाल फ्ल्यास
भदौ २५, २०८०

ADVERTISEMENT

काठमाडौं । वर्षाका कारण  हिजो स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । हिजो रोकिएकै ठाउँबाट आज खेल शुरु हुनेछ ।

कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा पानी परेको थियो । आजको  खेल भारतले यहीबाट शुरु गर्नेछ । भारत र पाकिस्तानबीचको खेलमा रिजर्भ डे राखिएको थियो । त्यसैले खेल जहाँ रोकिएको थियो त्यहीँबाट शुरु हुनेछ ।

आज हुन नसकेको अवस्थामा भने खेल रद्द हुँदै दुवै टोलीले एक(एक अङ्क बाँड्नेछन् । पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । भारतले भने सुपर फोरको पहिलो खेल खेलेको हो ।

सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि