बैशाख २०, २०८१, बिहीबार
               

फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलको विजयी सुरुआत
चम्किए नेइमार

नेपाल फ्ल्यास
भदौ २३, २०८०

ADVERTISEMENT

काठमाडौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले विजयी सुरुआत गरेको छ । 

दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार विहान सम्पन्न खेलमा ब्राजिलले बोलिभियालाई पराजित गरेको हो । ब्राजिलले बोभियालाई ५—१ गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा रोड्रिगो र नेयमारले समान २ र राफिन्हाले १ गोल गरे ।

राड्रिगोले २४ औं र ५३ औं तथा नेयमारले ६१ औं र दोस्रो हाफको ईन्जुरी समयमा गोल गरेका थिए ।  

राफिन्हाले ४७ औं मिनेटमा गोल गरे । बोलिभियाका लागि भिक्टोरले ७८ औं मिनेटमा सान्त्वना गोल फर्काए ।

पहिलो खेल खेलिरहेको ब्राजिल ३ अंकका साथ शीर्ष स्थानमा छ । शनिबार नै भएको अर्को खेलमा उरुग्वेले चिलीलाई ३१ गोल अन्तरले पराजित गरेको छ । 

दक्षिण अमेरिकी छनोटमा दश राष्ट्रको सहभागीता रहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि