बैशाख २६, २०८१, बुधबार
               

क्रिकेट विश्वकप :भारतीय टिमको घोषणा

नेपाल फ्ल्यास
भदौ १९, २०८०

ADVERTISEMENT

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ का लागि भारतीय टिमको घोषणा गरिएको छ ।  

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड  (बीसीसीआई) ले आज रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिममा रोहितसँगै शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, ईशान किशन, केएल राहुल, हार्दिक पान्ड्या (उप–कप्तान), सूर्यकुमार यादव, रवीन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद शमी, मोहम्मद सिराज र कुलदीप यादव अटाएका छन् । 

१३ औँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतमा हुँदैछ । भारत सन् १९८३— २०११ मा गरी दुई पटकको च्याम्पियन हो ।
 


कस्तो लाग्यो ?

यो पनि