बैशाख २५, २०८१, मंगलबार
               

शतक प्रहार गर्नेलाई एक लाख रुपैयाँ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको आजको निर्णय

नेपाल फ्ल्यास
भदौ १८, २०८०

ADVERTISEMENT

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई एक—एक लाखसहित सम्मान गर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज निर्णय गरेको छ ।

नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मान र हौसला बढाउन नगर प्रमुखस्तरीय निर्णयअनुसार रकमसहित सम्मान गर्ने निर्णय गरिएको जानकारी दिए । 

प्रतियोगिता अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । खेल आज दिउँसो श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि