बैशाख २४, २०८१, सोमबार
               

प्रिमियर लिगमा हल्यान्डको कीर्तिमान

नेपाल फ्ल्यास
भदौ १७, २०८०

ADVERTISEMENT

काठमाडौँ । म्यानचेस्टर सिटीका नर्वेजियन स्ट्राइकर अर्लिङ हल्यान्डको नाममा  अर्को एउटा कीर्तिमान कायम भएको छ । प्रिमियर लिगको म्यानचेस्टर सिटी र फुलह्यामबीचको खेलपछि हल्यान्डले कीर्तिमान बनाएका हुन् । उक्त खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ५—१ गोलले हराएको थियो । खेलमा २३ वर्षीय हल्यान्डले तीन गोलमा सोझै योगदान दिएका छन् । त्यसपछि उनले इङ्लिस प्रिमियर लिगको इतिहासमा सबैभन्दा छिटो ५० गोल (गोल गर्ने र गोलका लागि पास उपलब्ध गराउने) को कीर्तिमान पनि बनाएका हुन् । हल्यान्डले ३९ खेलमा यस्तो कीर्तिमान बनाएका हुन् । यसअघि उक्त कीर्तिमान एन्डी कोलको नाममा रहेको थियो । कोलले ४३ खेलमा यस्तो कीर्तिमान बनाएका थिए । फुलह्याकविरुद्वको खेलमा जुलियन अल्भारेजलाई पहिलो गोल गर्न पनि हल्यान्डले नै पास उपलब्ध गराएका थिए ।
 


कस्तो लाग्यो ?

यो पनि