बैशाख २४, २०८१, सोमबार
               

गुल्शन झा प्रभावकारी खेलाडी: आईसीसी

नेपाल फ्ल्यास
भदौ १२, २०८०

ADVERTISEMENT

काठमाडौं । भोलि शुरु हुने एसिया कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको सूचीमा नेपालका गुल्शन झा पनि समेटिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ६ जना खेलाडीको सूचीमा नेपालका गुल्शन झालाई पनि समावेश गरेको हो । 

आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्रतियोगितामा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका गुल्शनलाई आईसीसीले प्रभावकारी खेलाडीको सुचीमा समावेश गरेको हो । मुख्य प्रतियोगितामा गुल्शनले झन् राम्रो प्रदर्शन गरेको र आक्रामक तरिकाले खेल्नु नै उनको विशेषता रहेको उल्लेख छ । विपक्षीविरुद्ध मध्य ओभरमा गुल्शनलाई बलिङमा ल्याउँदा उनले रनरेट घटाइदिन सक्ने आईसीसीले उल्लेख गरेको छ ।

आईसीसीले गुल्शनलाई एसिया कपमा चम्किन सक्ने खेलाडीको रूपमा समेत वर्णन गरेको छ । उत्कृष्ट प्रदर्शन गर्न सक्ने बाँकी पाँच खेलाडीमा पाकिस्तानका बाबर आजम, भारतका जसप्रिम बुमराह, बङ्गलादेशका तस्किन अहमद, अफगानिस्तानका राशिद खान र श्रीलङ्काका महीश थीकशना अटाएका छन् । 

१६ औँ संस्करणको एसिया कप भोलिदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले मुल्तान मैदानमा पाकिस्तानसँग खेल्दैछ । पाकिस्तान अहिले एकदिवसीय विश्व वरीयताको शीर्ष स्थानमा छ । दोस्रो खेलमा नेपालले १८ गते सोमवार भारतसँग खेल्नेछ ।


कस्तो लाग्यो ?

यो पनि